Breaking News

आईसीएच कलेजमा तोडफोड, पाँच लाख बराबरको क्षति


काठमाडौंको तीनकुनेस्थित आईसिएच कलेजमा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेर क्षति पुर्‍याइ दिएका छन् ।
तोडफोडबाट करिव ५ लाख बराबरको क्षति भएको छ । विद्यार्थीले सोमबार अपरान्ह करिव चार बजेतिर कलेजमा तोडफोड गरेको बताइएको छ ।
कलेजका एकाउन्टेन सुबोध दाहालका अनुसार ४\५ जनाको समूहमा आएका विद्यार्थीले कम्युटर, झ्लका सिसा, प्रिन्टरलगायतका सामानमा क्षति पु¥याएका हुन् ।
आफूलाई अनेरास्ववियुको नेता तथा कार्यकर्ता बताउने दीपक सिंह धामी, रमेश ठकुरी, गोविन्द गिरीसहितको समूहले कलेजमा तोडफोड गरेको तीनकुने प्रहरीले जनाएको छ ।
तोडफोडमा संलग्न विद्यार्थीले कलेजसँग चन्दा मागका साथै सीएमएमा आफू निकटका विद्यार्थी उत्तीर्ण गर्नुपर्ने मागका गरेका थिए । सोही कारण तोडफोड भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
कलेजको उजुरीपछि तोडफोडमा संलग्न केही विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी भनाइ छ । आईसीएच कलेजमा नर्सिङ विषयको अध्ययन हुँदै आएको छ ।