Breaking News

कांग्रेसलाई ब्यूँताउँनु छ भने युवाहरु सक्रिय हुनै पर्छः विद्यार्थी नेता प्रकाश भुसाल



गुल्मीः नेपाली कांग्रेस गुल्मीले नयाँ वर्ष २०७५ को वैशाख १ गतेबाट सुरु गरेको गाउँ जाउँ गाउँमै रमाऔं ५० दिने महाअभियानको पहिलो चरणको तिन हप्ते कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाका ९३ वटै वडामा पुगेका जिल्ला प्रतिनिधी दलितहरुको घरमा बस्ने खाने र त्यही क्रममा कांग्रेसले व्राम्हण क्षेत्री र जनजाती समुदायका प्रतिनिधीहरुलाई दलितको घरमा बस्ने खाने र त्यहीबाट अभियान सञ्चालन गराएको थियो ।


यसै कार्यक्रममा रहेर पार्टी नेताहरु मात्रै नभएर नेबिसंघका नेता कार्यकर्ता पनि गाउँ गाउँमा पुगेका छन् । गाउँका सुख–दुःखसँग संहकार्य गरेका छन् । यसै प्रसंङ्गमा आधिरत रहेर विद्यार्थी नेता प्रकाश भुसालसँग गरिएको एक कुराकानी:

1. ५० दिने महाअभियान कसरी अगाडी वढेको छ र विद्यार्थी नेताको रुपमा तपाईंले कसरी लिनुभएको छ ?

पक्कैपनि जसरी गुल्मी कांग्रेसले जिल्लाका ९३ वटै वडामा पुगेर यो ५० दिने महाअभियान चलाएको छ यसले एकदामै सकारात्मक संदेश प्रवाह गरेको छ । सम्पूर्ण नेताहरु गाउँमै हुनुहुन्छ, गाउँका जनतासँग सहकार्य गरिरहनु भएको छ, दुःख–सुख बाडिँरहनु भएको छ । यसले गुल्मीलाई मात्र नभएर सिङ्गो देशका कांग्रेसलाई नै सकारात्मक संदेश दिएको छ । जनता नै सम्पूर्ण चिज हो जनतालाई माया गर्न सके मात्र देश विकास र पार्टीको हित हुन्छ भन्ने कुरामा । अर्को कुरा म अहिले सत्यवती गाउँपालिका ७, जुँनीयामा छु र सम्पूर्ण गुल्मीको गतिविधिलाई पनि नियाली रहेको छु । साख गरि कांग्रेस बलियो र सक्षम बनाउनु छ भने युवा नेतृत्वलाई अगाडि सार्नु आवश्यक छ भोलीका दिनमा सफल र कांग्रेस बलियो हुने मुख्य आधार मैले यो नै देखेको छु ।


2. तपाईहरुको यो महाअभियानलाई क्षणिक लोकप्रियता भनेर आलोचना भइरहेको देखिन्छ यसलाई कसरी लिनुहुन्छ ? 

हामीले यो अभियान केहि कसैको लोकप्रियताका लागि गरेका हैनौ । यो बुझ्नु जरुरी छ की गुल्मी कांग्रेसले आफ्ना गाउँ–गाउँमा रहेका जनतासँग नजिक रहेर उनिहरुका भावना बुझेर आगामी दिनमा कसरी अगाडि बढ्ने र सिङ्गो पार्टीलाई कसरी मजबुत बनाउने भन्ने हो । आउँछन् केहि सकारात्मक कुराहरु कांग्रसले गर्यो भनेर टिका टिप्पणीहरु त्यसलाई चिर्दै यो अभियानलाई सफल रुपमा लैजानु आवश्य छ ।

3. बास्तवमा गाउँमा कांग्रेस कस्तो रहेछ ? के पाउँनु भयो ? 

म २०६४ सालदेखि नै गुल्मीका गाउँ गाउँ डुलेको मान्छे हुँ चाहे त्यो चुनावको शिलशिला होस् या कांग्रेसका कार्यक्रमहरु । मैले गाउँलाई निकै नजिकबाट नियालेको छु । अहिले म खास गरि जुनियाँका जनतासँग बससेको छु उनीहरुसँग मेलापात गरेको छु । उनीहरुका समस्या सुनेको छु । म भर्खरको युवा मान्छे यसरी गाउँमा बस्दा पुराना संर्घषका कुराहरु सुन्दा धेरै रमाईलो र संर्घषयुक्त जीवलामा आफुलाई धुलाउने मौका पाएको छु । बस्तविक रुपमा वाहिरबाट जसरी समाज लाई हेरीन्छ त्यो हुँदो रहेनछ । गाउँका मानिसहरुलाई चुनावका समय होस् वा विकास निमार्णका कुरामा धेरै झुक्याइदो रहेछ लोभमा पारिदो रहेछ । मैले त्यो पनि देखे गाउँमा काग्रेस कमजोर छैन । पार्टी भित्रकै केहि समस्या र अन्र्तरघातले ठुलो भुमिका खेलेको हुँदे रहेछ त्यसलाई अब चिर्नु आवश्य छ ।

4. अन्तमा तपाई एक युवा विद्यार्थी नेताको हैशियतले कांग्रेस बलियो वनाउन के भूमिका खेल्नुहुन्छ ? 
तपाईले राम्रो प्रसङ्ग उठाउनु भो, म जस्ता हजारौं युवा छन् जो आज विदेशका कुनामा बसेर आफ्नो रोजीरोटी खोजीरहेका छन् तिनीहरुलाई अब गाउँ फर्कउन जरुरी छ । गाउँ गाउँमा रोजगारी सिर्जना गर्नु आवश्य छ । तलिम शिप र दक्ष बनाएर लैजानु आवश्य छ । अर्को कुरा हामीले आगामी दिनहरुमा कांग्रेसलाई बलियो बनाउन युवा अग्रसरता र उनीहरुलाई भूमिका दिनु पर्दछ । अब अग्रज नेताहरुले आफ्नो भूमिका युवाहरुलाई सुम्पिइर मार्गदर्शन गर्न सक्कनु पर्दछ । युवाहरुलाई जती बलियो र सक्षम बनाउन सक्दछौं कांग्रेस त्यति ने बलियो हुन्छ । अब युवाले नेतृत्व लिनु पर्दछ भन्ने मान्छे म सधैं युवाहरुकै लागि लडिरहेने छु र समाजमा भएका विकृत्ति, विसंगती र चापलुशीलाई अन्त्य गर्दै समाज रुपान्तरको प्रकृयामा लाग्ने छु ।