को हुन ओली ?
मिति र स्थान– वि.स. २००८ साल फागुन ११ गते, तेह्रथुम पिता– मोहनप्रसाद ओली
माता– स्व. मधु ओली
श्रीमती– राधिका शाक्य
हालको बसोबास– सूर्यविनायक नगरपालिका, भक्तपुर, नेपाल अस्थायी निवास– शरणामती– ६, झापा, नेपाल
मन्त्रिपरिषद् सदस्य – २०७४ फागुन ३ गते मुलुकको ४१ औं प्रधानमन्त्री – २०७२ असोज २४ गते ३८ औं प्रधानमन्त्री – २०६३ जेठमा गठित मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री – २०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री राजनीतिक यात्रा – आवद्ध राजनीतिक दल– नेकपा एमाले – वर्तमान जिम्मेवारी– अध्यक्ष, (२०७१ असार १९÷२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन) – प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–५ (२०७४) – संविधानसभा सदस्य– झापा क्षेत्र नम्बर– ७, (२०७०), एमाले संसदीय दलको नेता चयन – संविधानसभा सदस्यमा पराजित– झापा क्षेत्र नम्बर– ७ (२०६४) – प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ र २ (२०५६), नेकपा (एमाले) दलको उपनेता चयन – प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ (२०५१) – प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ (२०४८) – विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको – जिम्मेवारी बहन– २०२५ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीको नेतृत्व – २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त – २०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी बहन – २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी बहन – २०४४ पुस २ गतेबाट धादिङमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी – २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन । – २०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष । – २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा (एमाले) स्थायी कमिटी सदस्य । पक्राउ र जेल जीवन – २०२७ र २०३० का बीचमा पटक पटक गरी १० पटक बढी गिरफ्तारी – २०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ – पहिलोपटक रौतहटको गौर जेलमा २ दिन मात्र – त्यसपछि वीरगञ्ज थाना वीरगञ्ज जेलमा चलान – २०३० मंसीर ८ गते

