Breaking News

किन पुगे चन्द्र भण्डारी फर्के लगत्तै प्रदीप ज्ञवाली गुल्मीमा



गुल्मीः नेपाली कांग्रसका केन्द्रीय सदस्य तथा युवा नेता चन्द्र भण्डारी आफ्नो निर्वाचन क्षेत्र गुल्मीका गाउँ गाउँमा पुगेर फर्के लगत्तै त्यहि क्षेत्रका एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि गुल्मी पुग्नुलाई धेरै चासोको बिषयमा हेरेका छन् ।

गुल्मी कांग्रेसले सुरु गरेको अभियान गाउँमा जाऔं गाउँमै रमाऔं भन्ने अभियानका साथ सुरु गरेको ५० दिने अभियानमा चन्द्र भण्डारी गाउँ गाउँमा पुगेर जनतालाई आफुले सुरु गरेका बिकासका गतिविधि र जनताको माझमा लोकप्रिय बन्दै गाउँले जनतासँग नेपाली कांग्रेसको अभियानमा साथ दिइरहेको खवर प्राप्त हुनासाथ प्रदीप ज्ञवाली तर्सेर गुल्मी आएको कांग्रेसी कार्यकर्ताले बताएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने कालिगण्डकी करिडोर अन्र्तगत रहेको रिडि–रुद्रवेनी सडक चौडा पर्ने कार्यको थालनी गर्न र थाप्ले मोटरबाटो शिलन्यास गर्न गुल्मी पुगेको बताईएको छ ।

गुल्मीमा रहँदा ज्ञवालीले बालबलिका भर्ना अभियान अन्र्तगत वालिका भर्ना गरेका थिए । र आफु मन्त्री वनेपछि गुल्मीमा धेरै समय आउन नपाएको गुनासो व्यक्त गर्दै थिए ।