समग्र गुल्मेली विद्यार्थीको हकहितका लागि काम गर्नेछु ।
सुदर्शन आचार्य, पछिल्लो समय निकै सक्रियतामा साथ राजनीतिमा देखा पर्दै आएका गुल्मी क्षेत्र नं. १ चोरकाटेका युवा नेता हुन् प्रकास भुसाल ।
२०६० सालदेखि सक्रिय रुपमा नेपाल विद्यार्थी संघमा रुद्रावती उ.मा.वि. चोरकाटे बाट सुरु गरेको यात्रा ने.वि. संघको क्षेत्रीय सदस्य हुदै जिल्ला सदस्य र गुल्मी क्षेत्र नं. १ नेपाली काग्रेसको क्षेत्रिय सदस्य सम्म पुगेका भुसाल अहोरात्र संगठन र पाटिका लागि खटिने सिपाहि हुन् ।
गुल्मी ने.वि.संघले असोजको पहिलो हप्ता गर्न लागेको ने.वि.संघको जिल्ला अधिवेशनको तयारी तित्र्र रुपमा अगाडि वढिरहेको समयमा भुसाले आफ्नो उमेद्धारी ने.वि.संघ जिल्ला अध्यक्षको रुपमा दर्ता गर्ने निर्णयमा पुगेको देखिन्छ ।
गुल्मी क्षेत्र नं. १ ले जिल्ला अध्यक्षको रुपमा आफ्नो भुमिकामा देखिन नसकिरहेको अवश्थामा भुसाले आफ्नो उमेद्धारी दिने घोषणा गरेका हुन् ।
भुसाल भन्छन् । गुल्मी जिल्ला नेपालकै प्रमुख शैक्षिक विज्ञहरु भएको जिल्ला हो । यहाको विद्यार्थी राजनीतिले केन्द्रसम्म सजिलै प्रभाव पार्न सक्दछ । जिल्लामा रहेका सम्पूर्ण विद्यार्थी संगठनलाई चुस्त दुरुस्त बनाईराख्न पनि गुल्मीको विद्यार्थी स्ंगठन सधै अगाडि नै ।
आफ्नो उमेद्धारी किन भन्ने सन्र्दभमा उनी भन्दछन् । मेरो अनुभव र विद्यार्थी संगठनलाई एक बनाएर लैजान सक्ने खुवी छ । विद्यार्थीका हक हितका लागि जस्तोसुकै काम गर्न सक्ने क्षमता म भित्र छ । विद्यार्थी राजनीतिको केन्द्र सम्म र नेपाली काग्रेसको हरेक क्षेत्रसँग गएर संघर्ष गर्ने क्षमता म सँग छ त्यसैले म अहिलेको यस जिल्ला अधिवेशनमा अध्यक्ष्को दावेदारी पनि हुँ रअध्यक्ष पदमा आफ्नो उमेद्धारी पनि दर्ता गर्दैछु ।
अन्तमा सम्पूर्ण गुल्मेली विद्यार्थीहरुबाट पुर्ण रुपमा सहयोग र साथको अपेक्षा गरि यस अधिवेशनलाई भब्य र सभ्य तवरले सम्पन्न गर्न लागि पर्नेछु ।
