कालीगण्डकी भाग २ (कथा)
दोधारमा छु गण्डकी अगाडि छन्, पारि स्याङ्जा छ उतै लागुम भने फेरी यताको संसारिकता भुलिने पो हो कि नजाउ त पोडि खेल्न मन छ ।
फेरी एकचोटि सोध्ने प्रयास गर्छु र भन्छु भन न कालि म के गरुँ, उनले निकै भावुकतामा गण्डकीको ढुङ्गमा अडेस लिदै भनिन् । म भनुँ र खोई उता घरपरिवारको माया छ यता पौडिन मन छ, बिचार गर्नुहोस् पोडि खेल्दा भोलि तपाईलाई सधैको लागि कालिले आफ्नो बनाउन सक्लि मुख धोएर मात्र जानुहुन्छ भने जानुहोस् तर कालीलाई सधै विर्सनुसिवाय अरु केहि हुने छैन । म पनि हजुरलाई जिवनको अन्तिम पल सम्म कुर्नेछु पक्कै यहि आउनुहुनेछ र मलाई अंगाल्नुहुनेछ ।
सुदर्शन आचार्य
कालिका कुरा बिसाउन नपाउदै भने भयो भो कालि पौडि जो खेल्छु तर मलाई सुरक्षित अवतरण गराउने काम गर्नु भोली मेरो यहि पौडिको कारण सबै कुरा तहस नहन नहोस् ।
वार्ख लागेको झै गरि कालि रिसाउछे र भन्छे गए हुन्छ पाल्पाको बतासेमा त्यहि पाईन्छ मुख धुन त यहाँ पौडि खेल्नु भन्दा त यस्तो आपत्ति ।
एकचोटि फेरी कालिको समिप जान्छु, सिमसिम पानि परेको छ, कालि र म दुवै भिजेका छौ, प्रष्ट संग नदेखिएपनि उसका छालहरु पहिल्याउने तवरले देखिएकै छ । मनले कताकता पोडिन जो खोजेको तर यर्थाथताले चाहि मुख धोएर मात्र जा भन्छ ।
कालिको त्यो सामिप्यतालाई हातमा लिन खोज्छु तर कालि झन् पर–पर जान्छे र भन्छे यहा धेरै गहिरो छ माथीबाट लिनुहोस् । ए हो त नि है यहाँ बाट त पौडि खेल्न पो मञ्जा मुख धुन त माथिबाट नै मिल्छ । गण्डकीको किनारबाट नै माथी जान्छु पौडिने चाहाना हुदाँ हुदै पनि मुख मात्र धुने प्रयास गर्छु । कालिले पनि आफ्नो पिडा लुकाउदै मुख मात्र धुने अनुमती दिन्छे । अन्जुलीमा पानि लिएर मुख त धुन्छु तर पोडिको जस्तो मञ्जा लिन सक्दिन ।

“खुब भएछ मुख धोएर” कालि संग आएर मुख मात्र धोएर जाने है पाप लाग्छ, हुन त मलाई धेरैले प्रयोग गर्छन् भन्ने लागेर होला तर म निकै पबित्र छु, चोखि छु र निरन्तर हजुरको प्रतिक्षमा छु । कालिलाई सम्झाउन निकै प्रयत्न गरेको छु, निकै प्रयत्न पछि कालिले अनुमती दिन्छे र भन्छे “भै गो आजलाई जानुहोस् तर फेरी आउँदा यस्ता नाटक नगर्नुहोला तपाईलाई पौडि खेलाउने मन छ समिपमा जोडेर तार्ने मन छ र तार्ने पनि छु त्यो पनि सकुशल”
कालिलाई अन्तिम स्पर्श गर्दै बिदा हुन्छु । रुद्रवेनी झर्छु र चिया खाने मनले नारायण दाईको होटलमा छिर्छु । स्थानिय निकाएको चुनाव सकिएको छ, प्रतिनिधि चुनिइसकेका छन् । हाम्रा गाउँपालिका अध्यक्ष परिश्वर वुवा संग भेटघाट हुन्छ । सबै जाना आ–आफ्नै गफमा व्यस्त छन् तर म भने भर्खर छाडेर आएकी कालीको यादमा छु ।
मनमा धेरै कुराहरु खेलेका छन् एक मनले यस्ती सुन्दर कालिमा आएर पनि पौडि खेल्न नसकेर मुख धोएकोमा पश्चाताप छ भने अर्कोतिर पारिवारिताको कठपुतलिले गर्दा मुख मात्र धोएको राम्रो भन्ने लागेको छ ।
मनमा धेरै कुराहरु खेलेका छन् एक मनले यस्ती सुन्दर कालिमा आएर पनि पौडि खेल्न नसकेर मुख धोएकोमा पश्चाताप छ भने अर्कोतिर पारिवारिताको कठपुतलिले गर्दा मुख मात्र धोएको राम्रो भन्ने लागेको छ ।
गोजिको फोन बन्छ र हेर्छु उहि मेरा अनन्य मित्र प्रकासको हुन्छ, फोन उठाउछु र भन्छु म रुद्रवेनीमा ।
थाहा छ मित्र थाहा छ कालिसंग पौडिन गएको तर सकुशल छौ कि के छ भनेर फोन गरेको । “के ग¥यौ पौडियौ कि मुख मात्र घोएर आयौ ।” उसको प्रश्न सकिन नपाउदै भन्छु “के को पौठिनु मुख मात्र घोएको गण्डकि त गहिरो रहेछ उता मुस्ताङ्गमा पानि परेको छ रे क्या ।”
“खुब गरेछौ जावो कालिमा गएर पोडिन नसक्ने अनि फुर्ती लाएर हुन्छ, यस्ता नामर्द ।”
भै गो भै गो अब आउदै छु खैरनीमा अनी गफ गरौला भन्दै फोन राख्छु ।
वुर्तिवाङ्गको बस आएको छ त्यसैमा चढ्ने र खैरनी जाने सोचमा छु तर कालिसंग बिताएको त्यो क्षण मानसपटलमा खोलिरहेको छ खेलिरहेको छ ।