दुर्घटनामा १८ जना यात्रुको मृत्यु ६ जनाको अवस्था गम्भिर
तनहुँको वन्दीपुरस्थित बेलभञ्ज्याङमा यात्रु वस दुर्घटना हुँदा १८ यात्रुको मृत्यु भएको छ ।चितवनको नारायणगढबाट पोखरा जादै गरेको ना ५ ख ९८४६ नम्बरको बस पृथ्वी राजमार्ग अन्र्तगत पर्ने तनहुँको बेलभञ्ज्याङमा दुर्घटना भएको हो ।
दुर्घटनामा १८ जना यात्रुको मृत्यु भएको छ, ६ जनाको अवस्था गम्भिर छ । गम्भिर घाइतेहरुलाई उपचारका लागि पोखरा र काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ ।
बसको यान्त्रिक खरावीका कारणले बस दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसमेत घाइते भएको तनहुँका एसपी उमेशराज जोशीले जानकारी दिए ।
