यसरी चार घण्टामा छोटिदैं छ बागलुङ-बुटवलको यात्रा
कालीगण्डकी करिडोरको ट्रयाक खोलेको भएपनि बागलुङ देखि वुटवल सम्म दुई दर्जनभन्दा बढी ठाडो खोलाहरु पर्ने भएकाले यातयातका साधानहरु सञ्चालन गर्न नसेकेको बताउँदैं निर्माण सम्पन्न भईसकेका बेलिव्रिजले हिउँदको समयमा निर्वाध रुपमा यातायातका साधनहरु सञ्चालन गर्न सकिने बताउँनुभयो । उहाँका अनुसार केहि समय भित्रै कालीगण्डकी करिडोरको ३ सय ८० कलिोमिटर सडक खण्डमा यातयात सञ्चालन हुनेछन् ।
‘वर्षभरि यातायात चल्नको लागि बागलुङका विभिन्न १० र गुल्मीका ८ वटा ठाडोखोलामा कल्भट निर्माण गर्नुपर्छ,’ भट्राईले भन्नुभयो ‘कल्भट निर्माण नगर्नेहो भने करिडोरमा हिउँदको ६ महिनाभन्दा बढी यातायात सञ्चालन गर्न सकिदैन’ । उहाँले करिडोरका विभिन्न स्थानमा पर्ने ठाडाखोलाहरुमा कल्भट निर्माणको लागि थप ७० करोड बजेट आवश्यक पर्ने बताउँनुभयो ।
कालीगण्डकी करिडोरले चीनको कोरला नाका, म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, वुटवल हुदै भारतको सुनौली नाका सम्म सडक सञ्जाललाई जोड्ने छ । जैमनी नगरपालिकाका उपमेयर लिला रानाले भारतबाट आउने बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाहरु सुनौली नारायणघाट पोखरा हँुदै घुमेर आउने झन्झटको अन्त्य भएको बताउनुभयो । कालीगण्डकी करिडोर संचालनमा आए संगै बागलुङको दक्षिण क्षेत्रको मुहारै फेरिएको जैमिनि नगरपालिका ५ का वडाअध्यक्ष गोपाल शर्माले बताउनुभयो ।
यसरी चार घण्टामा छोटिदैं छ बागलुङ-बुटवलको यात्रा
Reviewed by खबर दर्शन
on
September 07, 2017
Rating: 5