गुल्मी प्रहरी प्रमुखले भने-कानुन हातमा लिनेलाई छोड्दैनौं
गुल्मी । गुल्मीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले कानुन हातमा लिने जो कोहीलाई नछोडने बताएका छन् ।
हालै गुल्मीमा सरुवा भएर आएका प्रहरी उपरीक्षक द्धिबेदीले मंगलवार पत्रकारहरुसँग परिचयात्म कार्यक्रममा कुरा गर्दै जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने सवालमा कानुन मिचेर शान्ति सुरक्षा खलबलाउने, अपराधीक क्रियाकलाप गर्ने जो कोहीलाई नछोडने बताए ।
Advertisment
आफ्नो गुल्मी बसाइको कार्यकालमा मुख्य गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभूती दिलाउनु र अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
प्रहरी उपरीक्षक द्धिबेदीले घरेलु मदिरा सेवन तथा बिक्री बितरणका कडाई गर्ने बताएका छन् ।
जिल्लामा दुर्घटना नियन्त्रण गर्न ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउन जोड दिइने उनले बताए ।