रविना र प्रियंकाको यस्तो सेल्फी
नायिका प्रियंका कार्की अहिले चलचित्रको भन्दा प्रेमको रंगले बढी रंगिएकी छिन् । नायक आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण प्रियंका कार्की चर्चित छिन् । आयुष्मान र प्रियंका प्राय एकसाथ हुन्छन् ।
प्रियंका आयुष्मानसँग मात्र होइन, उनको परिवारसँग पनि नजिक छिन् । आयुष्मानकी आमा बैंकर रविना देसराजसँग पनि प्रियंका निकै नजिक छिन् । केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै रविना र प्रियंकाले आफूहरुको निकटता प्रष्ट पारेका थिए ।
