ऋषि धमलाकी पत्नी ‘अनुराग’की हिरोइन
काठमाडौं – चलचित्र ‘अनुराग’ निर्माण घोषणा गरिएको छ । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा चलचित्र घोषणा गरिएको हो ।
रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहने यो चलचित्र सत्यराज चौलागाइँले निर्देशन गर्न लागेका हुन् । चलचित्रमा मोडल दीपक घिमिरेले एलिजाको उल्टो भूमिकामा देखिदैछन् ।
एलिजा र दीपाको अलवा सरोज खनाल, रुपा राना, निर्मल शर्माको पनि अभिनय रहने चलचित्रमा रामकुमार केसीको छायांकन, सरोज पोखरेलको संगीत, कविराज गहतराको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाइ र अगत केसीको पटकथा तथा संवाद रहनेछ ।
प्रेम प्राप्त गर्नका लागि गरिएको संघर्ष, खुशी, प्रेममा विछोडको कथालाइ उठान गर्न लागेको चलचित्र एरिका फिल्मस्ले निर्माण गर्न लागेको हो । यो चलचित्रको छायांकन पोखरा, काठमाठौं र इलाममा हुनेछ भने करिब १ करोड बजेट यसमा लाग्ने कार्यक्रममा जानकारी दिइयो ।
चलचित्र निर्माण र अभिनय स्वख भएको कारण निर्माणमा आएको एलिजाले बताइन् ।