Breaking News

​३ दिनका लागि नेपाल टेलिकमको निशुल्क एसएमएस सेवा



आइतबारदेखि साउन ३१ गतेसम्म नेपाल टेलिकम आफ्नो नेटवर्कभित्र एसएमएस सेवा निशुल्क गरेको नेपाल टेलिकमले जनाएको छ । 
सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा नेपाल टेलिकमले एसएमएस सेवा निशुल्क गरेको हो । टेलिकमको निशुल्क एसएमएस सेवाले बाढी पहिरो पीडितलाई सूचना आदान प्रदान गर्न सजिलो हुनेछ ।