राप्रपा उता अब कोमल ओली र रेखा थापा कता ?
‘हाम्रो जहाज त्यहिँ डुब्यो,जहा पानी कम थियो’
सुदर्शन, काठमाडौं, कोमल ओलीले राप्रपा फुटेको १२ घण्टाका बीचमा दुई पटक फेसबुक स्टाटस् अपडेट गरिन् । पार्टी बिभाजनलाई उनले मुटु टुक्रा टुक्रा भएको पीडाका रुपमा लिएको उनका पोष्टबाट बुझ्न सकिन्छ ।
हाम्रो सुन्दर संसार थियो..हुरी आइ उडाइदियो
आज हाम्रो पार्टी दुई किनार भयो
आज हाम्रो पार्टी दुई किनार भयो
उनले पार्टी बिभाजन लगत्तै आइतवार साँझ पहिलो पटक लेखिन् । त्यसको १२ घण्टापछि सोमवार कोमल ओलीको अर्को पोष्ट आयो ।
हाम्रो जहाज त्यहिँ डुब्यो जहाँ पानी कम थियो
आफ्नैले आफ्नालाई मारे आज अरुको के दम थियो
एउटा मुटु दुई टुक्रा भएको अवस्था
आफ्नैले आफ्नालाई मारे आज अरुको के दम थियो
एउटा मुटु दुई टुक्रा भएको अवस्था
कोमल ओली राप्रपा केन्द्रीय सदस्य हुन् । पूर्णकालिन राजनीत गर्नकै लागि उनले रेडियो नेपालको जागिरबाट समेत राजिनामा दिइन् । तर केन्द्रीय सदस्य निर्वाचित भएको एक वर्ष नपुग्दै पार्टी बिभाजनले उनलाई पीडा दिएको छ ।
यद्यपी ओली बिभाजित राप्रपा अर्थात पशुपति शमसेर राणाको पक्षमा गएकी छ्रैनन् । पार्टी बिभाजनलाई दुर्भाग्यपूर्ण भन्दै ओलीले आफूले बिभाजनको पक्षमा हस्ताक्षर नगरेको बताइन् ।
त्यस्तै राप्रपा केन्द्रीय सदस्य तथा नायिका रेखा थापा पनि कमल थापाकै पक्षमा रहेकी छन् । थापा माओवादी छाडेर राप्रपा प्रवेश गरेको एक वर्षमात्र भयो । उनले आफू राप्रपामै रहेको प्रतिक्रिया दिएकी छन् ।
यसैबीच पशुपति शमसेर राणा पक्षले ६६ जना केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको भनिएकोमा त्यसमध्येकी एक शोभा शाहीले आफ्नो हस्ताक्षर दुरुपयोग भएको आरोप लगाएकी छन् ।
शाहीले सोमवार विज्ञप्ति जारी गरी आफू कमल थापाले नेतृत्व गरेको राप्रपामै रहेको बताएकी छन् । पशुपति शमसेरको घरमा बोलाएर आफूलाई जबर्जस्ती कागज गराएको उनको दावी छ ।
