सावधान ! फेसबुकमा गालिगलौच गर्दा परिएला फन्दामा
सुदर्शन आचार्य, काठमाडौं, विश्वमै पछिल्लो केहि वर्षयता निकै प्रचलनमा र चर्चा रहदै आएको फेसबुकले धेरै कुराहरुको सहजता प्रदान गर्ने गरेको छ अनलाईन, अफलाईन मार्फत । नेपालमा पछि पछिल्लो समय निकै चर्चा र अत्याधिक प्रयोगमा आएको फेसबुकले मानिसहरुलाई जोडेको छ, सूचना प्रदान गरेको छ ।
फेसबुक मार्फत घटना, परिघटना, सूचना, सम्बन्धहरु स्थापित हुदै मानविय जीवनशैलिमा सहजता प्रदान गरेको छ । टक्क लागेर खिचेको सेल्फि देखि मनका भावना, बिचार, समसामयिक विषयवस्तु, परिवेश, सबैलाई जोडेर निकै प्रख्यात नै बनेको छ फेसबुक ।
आफ्नो निजी विचार देखि देश बिदेशका घटना सम्म जानकारी दिने यो माध्यमले सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको देखिन्छ । यसलाई सहि तवरले प्रयोग गर्नेहरुले भरपुर लाभ पनि उठाउन सकेका छन् भने । यसैलाई माध्यम बनाएर फेक आईडि बनाएर विकृतिहरु निम्त्याउनेहरुपनि भाईरल भएका छन् । अश्लिलता पोष्ट गर्ने, अनावश्यक कार्टुनहरु दिने, कसैको व्यक्तिगत जीवन माथी खेलवाड गरिदिने प्रबृति मौलाएको छ ।
विश्वमा पछिल्लो समयमा फेसबुकमा अनौतिकता पोष्ट गर्ने कुराहरुमा निगरानी गर्न थालिएको कुनै देशमा त फेसबुक नै बन्द समेत गरिएको छ । नेपालमा पनि साईवर अपराध अन्र्तगत यसमा आएका विकृतिहरु कम गर्ने कामको सुरुवात गरिएको छ । राष्टपतिलाई बिभिन्न नाममा अश्लिलता झल्कने कुराहरु व्यक्त गर्ने व्यक्ति केहि महिना अगाडि प्रक्राउ परेका छन् । भरतपुरका मेयर उमेद्धार रेणु माथी अनौतिकता प्रदर्शन गर्ने व्यक्ति हिजो मात्र प्रक्राउ परेका छन् र अन्य बिभिन्न समयमा यस्ता गतिविधि गर्ने जमात प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
देश भित्र र देश वाहिर बसेर फेसबुकको नाम वा अन्य सामाजीक सञ्जाल मार्फत अनौतिक क्रियाकलाप गर्ने व्यक्तिलाई साईवर अपराध भित्र रहेर प्रक्राउ वा कारवार्हि गर्ने प्रहरी स्रोतले जनाएको छ । त्यसैले तपाई पनि फेसबुकमा जे पायो त्यहि कुराहरु पोष्ट गर्न फन्दामा पर्नुहोला । ख्याल गर्नुहोस् ।
