Breaking News

अन्र्तधाती कार्यकर्ता


                                                                आरोहण खड्ग शाही

जन्मीदाको दिनदेखि राजनीति टिका छ भन्दै रडाकु साधक भन्ने, इमान्दारीता, वफादार, एउटा सिपाही सम्झदै छाती फुलाउने, गर्भ गर्ने खुलै छाडेको धाराको टुटि जस्तै निरन्तर संगठनमा वग्ने वर्षेदेखि सभा, सम्मेलन, जुलुसमा हिडेको झक्रीजस्तै दौडिने राजनीतिक कार्यकर्ताहरु ।

चुनावी समयमा किनमेलको लाईनमा असन्तुष्टको लाइनमा टुहुरा बन्ने अवोध भईदिने प्रश्नै प्रश्न गर्ने आफ्नो लाई कमजोर र गिराउन खोज्ने यो आफ्नै भित्र किन हुन्छ, यसको जवाफ दिने प्रवक्ता खै किन पन्छिरहन्छन् । नेताहरु किन मुसुमुसु हास्छन् । मुनाफको पछि हिड्नेहरु किन रमाउँछन् । आफूमाथी घात गरेसी कहाँ छ मूल्य, मान्यता, नैतिकता किन अर्को पक्षलाई पेट मिचिमिचि हाँस्न वाध्य वनाउँछौं । अन्तरघातीहरु ।

विस वर्षअघि लिएको प्रमाण चुनावी दिनमा एक वोतल जाँडमा, पैसामा आफ्नो योगदान सकायौं । रिसाएको कारोवार सहर वजारमा नानीको मूल्य गरे जस्तै, आफूले हुर्काएको विरुवा आफै जन्माएको वालक अनुहार माथि जन्मदिनको उपहार वम लिएर फाल्यौ । वुथमा आवाज आउने गरी मन नै जल्नेगरी, आफ्नै पार्टि भित्र आगो लागेपछि आफू निस्केर चमेलीको तेल दली हिड्ने छुचुन्द्रो तिमी भयौ । गुन्दुक जस्तो घृणा, सुटकेशमा गुडाउने गोठमा दाम्ला लगाएर वस्ने हामी भयौं । द्रौपती बनाउन, एकअर्काको सारी तानीतानी आफै दुर्योधन वनने हामी भयौं । राजनीतिमा एउटा सच्चा सिपाही जस्तै ।

हामी भित्र वेसुरे गाली गलौच लाग्छ कसैले आफ्नै घर छड्दा गर्जिएर वजेको रेडियो आफै नरोकिने कि व्याट्री सकिनु पर्ने कि छिमेकी आई वन्द गर्नुपर्ने । के अरुको भरमा आज सम्मको राजनीति संकार सिकेको यहि हो । हामीलाई सिकाएका र हिडाएका अग्ला अग्ला पहाड फरक फरक बाटाहरुमा सँगैहिड्न छोड्यौ । यदाकदा पछुतोको टेवलमा गरेको सम्झौता पनि झिरझिर बन्दैछ । बलिजाने, निभिजाने ।

अन्तरघाती कार्यकर्ता परेछौं हामी भेटेसी अरु सँग नभेटेर आफैसँग लड्ने घात गर्ने, यो सच्चा राजनीतिमा इमान्दार कार्यकर्ता वन्न सक्दैन । अन्तरघातीहरु वनरम्वार पछुतो र आत्मघाती वाहेक अरु हुनै सक्दैनन् यो चेतना हुनु जरुरी छ ।