Breaking News

जोहाङ्ग विकास समाज काठमाडौं र रुपन्देहिले भाद्र ३ गते तिज विशेष कार्यक्रम गर्दै


सुदर्शन आचार्य, गुल्मी जिल्लाको चर्चित स्थानको रुपमा चिनिएको जोहाङ्ग आफैमा सुन्दर छ, स्फूर्त छ, सक्षम छ । देश वा विदेश जहाँ रहेर पनि त्यस स्थानमा जन्मेकाहरु अत्पान्तै आफ्नो माटोप्रत्ति वफादार छन् । जुनसुकै स्थानमा रहेर पनि आफ्नो माटोलाई माया गरिरहन्छ, एउटा समभाव राख्दछन् एकता कायम गर्दछन् । विदेशका कुना–कुनामा पुगेर पनि जोहाङ्ग समाजहरु गठन गरेका छन् जोहाङ्गलाई माया गरेका छन् ।

विविध क्रियाकलाप गर्ने क्रममा यस वर्ष पनि जोहाङ्ग विकास समाज काठमाडौ र  रुपन्देहिले नेपाली महिलाहरुको महान चाड तिज पर्वलाई विशेष मध्यनजर राख्दै कार्यक्रम गर्ने भएको छ । काटठमाडौमा हिजो सम्पन्न भेलाले भव्य र सभ्य तवरले कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखेको जोहाङ्ग विकास समाज काठमाडौंका संयोजक युवराज न्यौपानेले जानकारी दिनुभयो ।

त्यसैगरि गुल्मी जोहाङ्ग रुपन्देहि सम्पर्क समाजका कार्यक्रम संयोजक कमल कार्कीका अनुसार वनवाटिकामा गर्ने सो कार्यक्रममा सबैके सहभागिता रहने गरी भब्य तवरले सम्पन गर्ने बताउनुभएको छ ।

जोहाङ्गको माटोमा जन्मिएका, जोहाङ्गलाई माया गर्ने, जोहाङ्ग प्रत्ति आश्था राख्ने सबैलाई निमन्त्रण गरिएको छ । गाउँपालिका अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीको समेत उपस्थिति गराउने लक्ष्य यस समाजले लिएका छन् भने जोहाङ्गका छिमेकि साविक गा.वि.स.का प्रमुख व्यक्तिहरुलाई समेत निमन्त्रणा गर्ने उद्देश्य यस समाजको रहेको छ  ।

नितान्त स्वार्थ वाट वाहिर रहेर एउटा आफ्नो गाउँ ठाउँलाई माया गर्ने मनहरुको केन्द्रविन्दुमा यस समाजलाई अगाडि बढाउने उद्देश्य समाजले लिएको छ । सबैको सक्दो सहयोग र प्रेरणा बाट यो कार्यक्रम सफल रहने आयोजको भनाई रहेको छ ।