हामी समाज र राजनीति
आरोहण खड्ग शाही
एकान्तमा जसरी खुल्ला आकास हेर्दा जति रमाईलो लाग्छ, त्यस्तै रमाईलो र खुसी हुन्छ, मन समाजमा बस्दा, कहिले काही सपना र कल्पनाको भित्री आँखाले संसार र समाजको मानचित्रलाई गहिरो बुझाई हुन्छ । त्यो समय सुन्दर, विशाल, सम्मानित आफैमा गर्भ लाग्छ , हाम्रो समाजको तर विडम्वना दिनप्रतिदिन खहरे खोलाको वगाईको राजनीतिले हाम्रो समाजको वाटो साँगुरो वन्दै गएको सत्य नै हो ।
कसरी भन्ने वरदान पाएको समाज आफैमा दिनानु दिन रंङ्ग फेर्ने छेपारो जस्ता अनुहार भएका राजनीतिका मनहरु जन्मदै पार्टीको टिका लगाएर आए जस्तो गर्छन् । समाज विकासको प्रकृया अनुसन्धानको विषयमा होडवाजी गर्नेभन्दा पदको पछि, नेताको पछि लाग्न प्रतिस्पर्धा छ । आज हामी लोकतान्त्रिक गणतन्त्र भन्दछौ । राजनीतिक परिर्वतन, सरकार फेराई बारम्बार हुन्छ । जनता झन्–झन् निराश र पिडामा रुमलिरहेका छन् । धनी झन् धनी र गरिव झन् गरिव हुने प्रकृया दिनानुदि वढ्दै गईरहेको छ । यो खेल हिजो नि थियो र आज पनि उस्तै छ । आज यि समाजमा हामी भन्नै भावना हराउदै गईरहेको छ ।
हरेक समाजमा राजनीतिले नातावाद, कृपावाद, दादावाद, फरियावाद..... वादैवाद हावी छ । हरेक क्षेत्रमा राजनीतिले वचस्र्व जमाई सकेको छ । पुस्तकालयमा चरेश, औषधि पसलमा रक्सी पाईदैछ । समाजका हरेक व्यवसायमा केहि मापदण्ड छैन । स्वाथै–स्वार्थको खोलो मैलो अगाडि वढिरहेको छ । केहि गर्नका लागि अगाडि वढ्नेका खुट्टा तानिन्छ । यस्तो छ समाज, यस्तो छ राजनीति ।
सामाजिक विकास, समाजको हित हुने भन्दा पनि रमिते बनिरहेका छन् । वर्ष–वर्ष वेरोजगारी उत्पादन वढ्दै छ । समाचार पत्र र सामाजिक सञ्जालमा हजारौं पिडितको भावना सुन्न र पढ्न पाईन्छ । काम गर्ने लाई कलङ्क भन्ने, भष्टाचार गर्ने, चुनावमा पैसा फाल्ने जनप्रतिनिधि हुने प्रवृत्ति मौलाएको छ । अवसरवादी नेताको हालीमुहाली, यस्ता छन् समाजको नेत्तृत्व गर्ने, राजनीति गर्ने मान्छेहरु ।
प्रतेक समाजमा रमिता छ । विगत, वर्तमान, भविष्यका बारेमा कस्को ध्यान छ र ? सर्वहारा वर्गका विचमा अपसी झगडा गराई फाईदा लुट्ने नेताबाट कस्तो समाजको परिकल्पना गर्ने आम नागरीकहरु । विकास निर्माणमा नाराहरु व्यर्थ छन् । पैसावाला समाजको हिरो, राजनीतिको नेता, तत्कालै सुकिला मुकिला भएर समाजमा सम्मान पाईरहेका छन् । यस्तै के–के छन् के–के छन् हाम्रो समाजमा । मानवताको भावना हिड्दै, सिद्धान्तका लागि मानिस कि मानवका लागि सिद्धान्त, यो प्रश्न हो ।
हाम्रो समाज सबल र सक्षम कहिले बन्छ कसैलाई पर्खने नै हो की आशावादी भईरहने हो । निरन्तर निरन्तर राजनीति गर्नेहरु पनि विगतको राजनीति इतिहास, समाजको विश्लेषण भावी राणनीतिको वारेमा दिर्घकालीन योजना बनाउन जरुरी छ । सामाजिक, राजनीतिक, जनमुखी, अग्रगामी, प्रगतीशिलता तथा व्यवाहारीकता हुन जरुरी छ । हावामा शब्द जालको चङ्गा उडाएर समाजको राजनीति गर्नुको कुनै तुक छैन ।
अवको राजनीति कुसंस्कार, कुबिचार, कुराजनीति, कुमनसाय र नकारात्मक मनसायलाई छाडेर समाज निर्माणका लागि नयाँ सोच, नीति, बिचार र क्षमताको वीजारोपण गर्नु अत्यान्त महत्वपूर्ण छ । यो चिन्तन, मनन गरी एक अर्कामा अगाडि वढ्न र नयाँ समाजको परिकल्पना हुन महत्वपूर्ण कार्यको थालनी हुनु आवश्यक छ ।
