राजपा नेताहरु बालुवाटारमा, संशोधन अघि बढाउन तयार
सुदर्शन, राष्ट्रिय जनता पार्टी संविधान संशोधन विधेयक अघि बढाउन तयार भएको छ । राजपाका शीर्ष नेताहरुले केहीबेरमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संशोधन विधेयक निर्णयार्थ पेश गर्न आग्रह गर्दैछन् ।
बिहीबार अबेर राजपा नेताहरु र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको थियो । बिमस्टेक बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले राजपाका अध्यक्ष मण्डलका शीर्ष छ नेतासँग सामुहिक छलफल गरेका थिइन् ।
त्यो भेटको भोलिपल्टै राजपाका शीर्ष नेताहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् । यद्यपि यो भेट पूर्व निर्धारित भएको नेताहरु बताउँछन् ।
