Breaking News

राप्रपा फुट्नुको मूख्य दोष ’केटी’ : महासचिव बस्नेत


काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राप्रविसंका महासचिव राज बस्नेतले राप्रपा फुट्नुमा केटीको पनि दोष रहेको बताएका छन् ।

बस्नेतले भनेको केटी कुनै स्त्रीको जाति नभएर कमल थापा भएको समेत बताए ।
कमल थापालाई आगामी दशक सम्मको निर्विकल्प अध्यक्ष मान्दा पनि उसले एकै पटक सबै निल्न खोज्दा सर्किएर यस्तो भएको बताए ।  पार्टीको फुटलाई इङ्गित गर्दै बस्नेतले भने, ‘थापालाई कुनै कार्यकर्ताले पनि अध्यक्षको विकल्पका रूपमा हेरेका थिएनन् तर कार्यशैली परिवर्तनको आवश्कता औंल्याएका थिए ।

पार्टी फुट्नु आफैंमा राम्रो हैन, तर राजतन्त्रको नारा बोकेकै भरमा अहिलेको मान्छेले हुकुमी शासन नमान्ने कुरा अध्यक्षले बुझेनन् र फलस्वरूप  हुकुमीका विरूद्ध विस्फोटन हुन पुगेर नयाँ पार्टीले जन्म लिएको हो, उनले भने ।
साथै अध्यक्ष थापाले नीति सहित नेतृत्व जित्दा पनि आफैले थापेको एम्बुसमा आफै फसेको भन्दै बस्नेतले भने अध्यक्षले एकलौटी केन्द्रीय सदस्य मनोनित गरेर अरूका विरूद्ध एम्बुस थापेपनि मनोनित गरेकै केन्द्रीय सदस्य थापाको विरूद्ध पड्किए र आज यो स्थिती भएको आरोप लगाए ।